पिएसजीको रोमाञ्चक जितमा एम्बाप्पेको कीर्तिमानी गोल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ ।

पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा केलियन एम्बाप्पे, लियोनेलल मेसी र डानिलो पेरेइराले गोल गरे । एक गोल उपहार पाएको थियो ।

नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरेका थिए । यो गोलसँगै एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीको रेकर्डलाई पछि पारेका हुन् ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?