आजको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख १५ गते बिहीबार, ई.सं. २८, अप्रिल २०२२ । तिथि- वैशाख कृष्णपक्ष त्रयोदशी, नक्षत्र- उत्तरभाद्रपदा, योग- वैधृति, करण- गर, चन्द्रराशि- मीन, सूर्योदयः ५ः२९, सूर्यास्तः १८ः३५ ।
मेष : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
मिथुन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
कर्कट  : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
सिंह : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।
तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
वृश्चिक : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
कुम्भ : सरकारी पक्षबाट लाभ मिल्नेछ ।
मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?