हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये मकवानपुर जिल्लाका दश स्थानीय तहबाट १ सय ३५ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।
विभिन्न दलका बागी उम्मेदवार, स्वतन्त्र तथा केही साना दलहरुका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिए पश्चात अब मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९३२ जनाको उम्मेदवारी कायम भएको छ ।
उम्मेदवारी फिर्ता गर्नेमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा ३ जना, उपमेयरमा २ जनासहित ४९ जना रहेको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । ४९ जनाले उम्मेदवारी फिर्ता लिएसँगै हेटौंडा उपमहानगरपालिकामा ३८८ जनाको उम्मेदवारी कायम भएको छ । उत्तरी क्षेत्रको थाहा नगरपालिकामा वडा अध्यक्ष र वडा सदस्य गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएसँगै २४० जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बकैया गाउँपालिकामा अध्यक्षका उम्मेदवार २ जनासहित १८ जना उम्मेदवारी फिर्ता लिएसँगै २३४ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालय हात्तिसुढेंले जनाएको छ । त्यस्तै, ईन्द्रसरोवर गाउँपालिकामा अध्यक्षका २ जना, वडा अध्यक्षका ४ जना र वडा सदस्य २ जनासहित ८ जनाको उम्मेदवारी फिर्ता भए सँगै गाउँपालिकामा ८९ जनाको उम्मेदवारी कायम रहेको जनाइएको छ ।
यता, बागमती गाउँपालिकामा ५ जनाको उम्मेदवारी फिर्ता भएर १६७ जनाको उम्मेदवारी कायम छ । भीमफेदी गाउँपालिकामा एकजनाको उम्मेदवारी फिर्ता भएर १३५ जनाको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृत रुद्रहरी भण्डारीले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकामा भने ११ जनाको उम्मेदवारी फिर्ता भएर १३४ जनाको उम्मेदवारी कायम रहेको छ । यसैगरी राक्सिराङ गाउँपालिकामा अध्यक्षका १ जनासहित २१ जनाले उम्मेदवारी फिर्ता लिए सँगै १५१ जनाको उम्मेदवारी कायमै रहेको जनाइएको छ ।
कैलाश गाउँपालिकामा ३ जनाको उम्मेदवारी फिर्ता हुँदा १७३ जनाको उम्मेदवार कायमै रहेको छ । मनहरी गाउँपालिकामा अध्यक्षका २ जना, उपाध्यक्षका १ जना र वडा अध्यक्षका १ जनाको उम्मेदवारी फिर्ता भए सँगै २२१ जनाको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनुभयो ।
उम्मेदवारी फिर्ता भए सँगै शनिबारबाट सबै स्थानीय तहहरुमा घरदैलो अभियान तथा प्रचारप्रसार तीव्ररुपमा सञ्चालन भइरहेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं