संस्कृति स्कुलको सिकाइ सुधार कार्यशाला

Read Time = 2 mins

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधारसम्बन्धी दुईदिने कार्यशाला आयोजना गरेको छ । कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा आयोजना गरेको हो ।

कार्यशालामा सारा ब्ल्याकमोर र रेशु अर्याल ढुंगाना दिनकिनोट स्पिकरका रूपमा रहनुभएको थियो । कार्यशालाका सहभागीले अन्तर्राष्ट्रिय पाठ्यक्रममा कार्यरत शिक्षकद्वारा सञ्चालित विभिन्न कक्षागत अभ्यास तथा उनीहरूको व्यावहारिक अनुभवमार्फत् अन्तर्राष्ट्रिय शिशु शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय माध्यमिक शिक्षा पाठ्यक्रमसम्बन्धी विस्तृतरूपमा बुझ्ने अवसर प्राप्त गरेको आयोजकले जनाएको छ । कार्यशालामा थ्रिडिआई स्कुल नेपाल, अनम्याथ स्कुल र भाव-सोसियो इमोसनल लर्निङको पनि साथ रहेको थियो ।

२०२२ अक्टोबरमा हुने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको प्रि–कन्फ्रेन्स इभेन्टका रूपमा आयोजित कार्यशालामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नयाँ प्राविधिक युगमा शिक्षाको अवधारणामा पनि परिवर्तन हुनु आवश्यक रहेको भन्दै कार्यशालाले शिक्षकलाई अझ सक्षम बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘बागमती प्रदेशमा ‘१ विद्यालय, १ पालिका शिक्षा साझेदारी कार्यक्रम’ गरौं र केही राम्रो उदाहरणीय कार्य गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?