चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि देखिनुभएको छ । दाहाल गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो ।
दुई हजार ९६८ मतगणना हुँदा दाहालले एक हजार १०५ मत पाउनु भएको छ भने एमालेका विजय सुवेदीले एक हजार सात मत पाएको बताईएको छ । सुवेदीलाई राप्रपाको पनि साथ छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाउनुभएको छ ।
उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच