चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि देखिनुभएको छ । दाहाल गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो ।
दुई हजार ९६८ मतगणना हुँदा दाहालले एक हजार १०५ मत पाउनु भएको छ भने एमालेका विजय सुवेदीले एक हजार सात मत पाएको बताईएको छ । सुवेदीलाई राप्रपाको पनि साथ छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाउनुभएको छ ।
उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याउनु भएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं