सर्लाही । बलेरो पिकअप र यात्रुबस ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाईते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३-०१-०२५ च ५७४३ नम्बरको पिकअपले बुधबार दिउँसो सबा २ बजे विपरित दिशाबाट गईरहेको ना ५ ख ५५१५ नम्बरको यात्रुबसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गुडिरहेको बसलाई तिब्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो । बसले च्याप्पिएर सहचालक सुनसरीको ईटहरी उपमहानगरपालिका ४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ ।
बसका चालक विदुर निरौला सहित १२ जना घाईते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनायो । घाईतेहरुको लालबन्दी मोडेल अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।
बससँग ठोक्किएको पिकअप भ्यान उछ्छिटिएर जंगलभित्रै पुगेको छ । प्रहरीका अनुसार पिकअपका चालक फरार छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच