बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी

Read Time = 1 min

रौतहट । बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित हुनुभयो ।

निवर्तमान मेयर एवं जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी हुनुभएको हो ।

यादवले एक सय ८६ मत मतान्तरले जित हासिल गर्नुभयो भने यादव चार हजार आठ सय १० मत ल्याएर विजयी हुनु भयो। यस्तै, उपमेयरमा नेकपा एसकी प्रमिला देवीले चार हजार आठ सय ९४ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले चार हजार चार सय ८१ मत ल्याउनु भयो। यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?