कुनै समयमा स्टारहरूको ड्रिम गर्ल हेमा मालिनी

Read Time = 9 mins

काठमाडौं । बलिउडकी ड्रिम गर्ल हेमा मालिनी कुनै समयमा ठूला-ठूला स्टारहरूको ड्रिम गर्ल हुने गर्नुहुन्थ्यो । त्यो समयका ठूला–ठूला स्टारहरू हेमालाई आफ्नो बनाउने सोच राख्ने गर्दथे । तर, उहाँले धर्मेन्द्रसँग विवाह गर्नुभयो । सन् १९४७ को समयमा हेमालाई एउटा होइन तीन–तीन ठूला स्टार विवाह गर्न चाहन्थे । सञ्जीव कुमार, जितेन्द्र र धर्मेन्द्र तीनैजनाले हेमालाई चाहनुहुन्थयो । भनिन्थ्यो सञ्जीव कुमार हेमासँग भित्रभित्रै माया गर्नुहुन्थ्यो । यो त्यो समय थियो जब जब हेमाको विवाहित दुई बच्चाका बाबु धर्मेन्द्रसँग नाम जोडिएको थियो । हेमाको घरमा भने यो कुरा थाहा थिएन ।

समयलाई ख्याल गर्दै सञ्जीवले आफ्ना माता-पितालाई हेमाको घरमा विवाहको प्रस्ताव लिएर पठाउनुभयो । तर, हेमाकी आमाले यो भनेर विवाहको प्रस्तावलाई इन्कार गरिदिनुभयो कि अहिले विवाहका लागि छोरीको उमेर भइसकेको छैन । हेमाको इन्कारपछि पनि सञ्जीवले हार मान्नुभएन र साथी जितेन्द्रलाई विवाहको प्रस्ताव लिएर पठाउनुभयो । जितेन्द्रले हेमालाई सम्झाउँदै भन्नुभयो, ‘सञ्जीव सीधा-साधा छन्, राम्रो युवा छन् तपाईं उहाँसँग विवाह गर्नुहोस् ।’ तर, हेमाले जितेन्द्रलाई जवाफ दिनुभयो कि म सञ्जीवलाई मन त पराउँछु तर विवाह गर्न सक्दिनँ । हेमाले इन्कार गरेपछि सञ्जीव धेरै आहत हुनुभयो र रक्सीको सहारा लिन पुग्नुभयो जसका कारण उहाँको स्वास्थ्य बिग्रियोे ।
सञ्जीवसँग हेमाको विवाह नभएपछि जितेन्द्रले पनि मौकामा चौका हान्नुभयो । जितेन्द्रले हेमालाई विवाहको प्रस्ताव राख्नुभयो ।

जितेन्द्रको यो प्रस्तावलाई लिएर हेमा सोचमग्न हुनुभयो । त्यो समयमा उहाँ धर्मेन्द्रसँगको आफ्नो सम्बन्धलाई लिएर धेरै नै तनावमा हुनुहुन्थ्यो । उहाँलाई यो कुराको चिन्ता थियो कि विवाहित धर्मेन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि उहाँको सम्बन्धलाई कुन रूपमा हेरिन्छ । धर्मेन्द्र पनि आफ्नी श्रीमती र बच्चाहरूलाई सम्झाउन सकिरहनुभएको थिएन कि के निर्णय गर्ने । जितेन्द्र सिंगल हुनुहुन्थ्यो, त्यसैले हेमालाई जितेन्द्रको प्रस्ताव इन्कार गर्न धेरै मुश्किल थियो ।

चलचित्र ‘दुल्हन’ को सुटिङको समयमा दुवैले एकसाथ धेरै समय बिताउनुभयो । चलचित्रको सुटिङ सकिएपछि जितेन्द्र आफ्ना माता–पिता लिएर हेमाको घरमा पुग्नुभयो । दुवैका माता–पिता कुरा गरिरहेको समयमा धर्मेन्द्रको फोन आयो र उहाँले हेमालाई रिसाउँदै भन्नुभयो– कुनै पनि फैसला लिनुभन्दा पहिला एकपल्ट आफूसँग भेट्नु । हेमा यो फोनपछि सोचमग्न हुनुभयो । उहाँको अवस्था देखेर जितेन्द्रलाई लाग्यो कि कहीँ हेमाले आफ्नो निर्णय बदल्ने त होइनन् । त्यसैले उहाँले तिरूपति मन्दिरमा गएर विवाह गर्ने निर्णय गर्नुभयो ।

हेमाको घरमा विवाहको कुरा चलिरहँदा फेरि फोनको घन्टी बज्यो । यो पल्ट फोन जितेन्द्रको गर्लफ्रेन्ड शोभाको थियो । उहाँले जितेन्द्रलाई आफ्नो मायाका बारेमा सम्झाउँदै विवाहका बारेमा एकपल्ट सोच्न आग्रह गर्नुभयो । हेमाको घरमा लगातार कहिले धर्मेन्द्रको फोन आइरहृयो त कहिले शोभाको । धर्मेन्द्र तुरुन्त हेमाको घर चेन्नाई पुग्नुभयो । हेमासँग विवाह गर्ने जितेन्द्रको धोको अधुरो नै रहृयो । अन्ततः १९७६ मा जितेन्द्रले आफ्नी गर्लफ्रेन्ड शोभासँग विवाह गर्नुभयो ।

हेमाका पिता हेमाको विवाह धर्मेन्द्रसँग गर्न मञ्जुर हुनुभएको थिएन । उहाँ हेमाका लागि केटा खोज्न लाग्नुभएको थियो । तर, हेमा र धर्मेन्द्र यति नजिक भइसक्नुभएको थियो कि उहाँहरू विवाह बन्धनमा बाँधिन चाहनुहुन्थ्योे । धर्मेन्द्र पञ्जाबको हुनुहुन्थ्यो भने हेमा चेन्नाईकी । दुवैको परिवेशमा धेरै अन्तर थियो । तर, मायाका कारण दुवै नजिक हुनुभएको थियो ।

समय सँगसँगै दुवैको प्रेमसम्बन्ध मजबुत हुँदै गएको थियो । तर, समस्या थियो धमेन्द्रको वैवाहिक जीवन । भारतीय एक म्यागजिनका अनुसार हेमालाई धर्मेन्द्रले पहिलोपल्ट प्रपोज गर्द उहाँले भन्नुभएको थियो, ‘म त्यो व्यक्तिसँग प्यार गर्छु जोसँग म विवाह गर्छु ।’ त्यो समय धर्मेन्द्रले आफ्नी पहिलो श्रीमतीका बारेमा कुरा गर्नुभएको थिएन । उहाँले हेमासँगको सम्बन्ध स्वीकार गर्न लाग्नुभएको थियो ।

१९७६ मा दुवैले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफ्नो सम्बन्धलाई स्वीकार गर्नुभएको थियो । हेमाले धर्मेन्द्रलाई आफूले धेरै माया गर्ने बताउनुभएको थियो । त्यतिखेर दुवैको सम्बन्धबारे फैसला गर्ने समय आएको थियो । तर, समस्या यो थियो पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह कसरी ? यसैबीचमा हेमाका पिताको अचानक मृत्यु भयो । यो समयमा धर्मेन्द्रले हेमालाई सहारा दिनुभयो । धर्मेन्द्र पहिलो श्रीमतीसँग छोडपत्र गर्न पनि तयार हुनुभएको थिएन । त्यसैले दुवैले इस्लाम कबुल गरेर विवाह गर्ने निर्णय गर्नुभयो । दुवैले चुपचाप निकाह गर्नुभयो । यसपछि १९८० मा दुवैले हिन्दू रीतिरिवाजबाट विवाह गर्नुभयो । यसरी हेमा धर्मेन्द्रकी दोस्रो पत्नी बन्नुभयो ।

दुवैका दुई छोरी ऐशा र ईशा हुनुहुन्छ भने दुई छोरा बबी र सन्नी हुनुहुन्छ । विवाहपछि १९८१ मा धर्मेन्द्रकी पहिलो श्रीमतीले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा भन्नुभएको थियो, ‘हेमाले जो गर्नुभयो त्यो ठीक गर्नुभएन । यदि म उहाँको ठाउँमा हुन्थेँ भने त्यसो गर्ने थिइनँ ।’ उहाँले धर्मेन्द्रलाई पनि भन्नुभएको थियो, ‘उहाँ राम्रो श्रीमान् नभए पनि एक असल पिता हुनुहुन्छ ।’ हेमालाई अमिताभसँग पनि जोडेर त्यतिबेलाका समाचारहरू, गसिपहरू सार्वजनिक हुने गरेका थिए । (एजेन्सीको सहयोगमा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?