काठमाडौं । कोरोनाका कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने उक्त एफएममा नेपाली, हिन्दी र अंग्रेजी गीत सुन्न सकिन्छ ।
एफएमका प्रमुख मार्केटिङ अधिकृत वैभव शर्माले ‘पहिलाभन्दा भव्य तरिकाले सञ्चालन हुने र हाम्रा श्रोताको मनमा फेरि बस्ने सोचसहित कोरोनापछि नयाँ र बेग्लै सोचले एफएम अघि बढिरहेको बताउनुभयो ।
बिहान छ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने रुस्लान एफएम ९५.२ मा बिहान छदेखि आठ बजेसम्म वर्क आवर बिट्स, बिहान आठ बजेदेखि ११ बजेसम्म रस आवर बिट्स, बिहान ११ देखि दिउँसो चार बजेसम्म चिल बिट्स, दिउँसो चारदेखि बेलुकी सात बजेसम्म इन-ट्रेन्ड र बेलुकी सातदेखि राती १२ बजेसम्म भाइब्रेन्ट बिट्स गरी पाँच विधाका कार्यक्रममा विभिन्न संगीतको आनन्द लिन सकिने रुस्लान एफएमले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :