झन्झटिलो लिलामी प्रक्रियाका कारण राजविराज भन्सार कार्यालयमा कराेडौंका समान उपयोग विहीन

हिमालय टाइम्स
Read Time = 2 mins

राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयमा करोडौं रुपियाँ मूल्य बराबरका समान उपयोग विही बन्ने गरेका छन् ।

लिलामी प्रक्रिया अघि बढ्न नसकेका कारण विभिन्न प्रकारका खाद्यान्न , तल्ला कपडा, मदिरा लगायत सरसामानहरू हक दावी तथा लिलामी प्रक्रियामा नआउँदा काम नलाग्ने हुँदै गएका हुन् ।

कार्यालयमा २०७७–०७८मा २५५ प्रकारका सामानहरू र २०७८–०७९मा २४४ प्रकारका केही सामानहरू बाहेक अरू उपयोग विहीन अवस्थामा छन्।

कार्यालयले ०७७ देखि हाल सम्म वेला— बेलामा हक दावी तथा लिलामीको सूचना जारी गर्दा पनि लिलामी प्रक्रिया अघि बढाउन नसक्दा सामानहरू नष्ट हुन थालेको भन्सार कार्यालयका अधिकृत दिपेन्द्र कुमार झाले बताउनु भयो।

कार्यालय प्रमुख झाका अनुसार यस क्षेत्रमा बर्षातको महिनामा समान राखिएका घरहरूमा ३र४ फिट डुबान हुने भएकाले सामानहरू सड्ने गरेका छन् ।

त्यस्तैगरि करोडौं रुपियाँ मूल्य बराबरका सवारीसाधनहरू हालत पनि उस्तै छ । कार्यालयले २०६८ साल यता लिलामी प्रक्रिया अघि बढाउन नसक्दा र सर्वसाधारणलाई लिलामीको सवारी साधान किन्दा कानूनी प्रक्रिया झन्झटिलो भएका कारण कवाडी बन्दै गएका हुन् ।

भन्सार कार्यालयमा लगभग ४ सय ५० भन्दा बढी मोटरसाइकल र करिव तीन दर्जन जति चारपाङ्ग्रे सवारीसाधन कवाडी बन्दै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?