बसपार्क सञ्चालन गर्न स्थानीयको माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको बसपार्क सञ्चालन गर्न स्थानीय बासिन्दाले फिदिम नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । दुई पटकसम्म उद्घाटन गरेर पनि बसपार्क सञ्चालनमा नआएको भन्दै उनीहरूले नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित राजनीतिक दलहरू, नयाँ शहर आयोजना कार्यालय, जिल्ला प्रहरी कार्यालय, हिमशिखर गुल्म कार्यालय, पाँचथरका नवनिर्वाचित जनप्रतिनिधीहरू, यातायात व्यवसायी संघहरू, पाँचथर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालालाई पनि ध्यानाकर्षण गराएका छन् । बसपार्क सञ्चालन सहयोग उपसमिति अध्यक्ष कमलराज नेम्बाङले राज्यको करौडौँ रुपैयाँ लगानी गरेको बसपार्क थन्किएको तर बजारमा भने बढ्दो चापका कारण फिदिम बजार अस्तव्यस्त भएको भन्दै यथाशक्य चाँडो बसपार्क सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व–उपाध्यक्ष विजयबोध लावतीले राज्यले करोडौँ रुपैयाँ लगाएर बनाएको बसपार्क सञ्चालन नहुनु दुखद भएको बताउँदै यसको कार्यान्वयनमा नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । बसपार्कलाई सुब्यवस्थित ढंगबाट सञ्चालन गरेर नगरले राम्रो आम्दानी लिनबाट चुकेको उहाँको भनाइ थियो ।

वडाको पहिलो बैठकले समेत फिदिम–२ पल्लोटारमा रहेको बसपार्कलाई जतिसक्दो चाँडो सञ्चालन गर्ने निर्णय गरेको छ । फिदिम नगरपालिका–१ का वडा अध्यक्ष गजाधार भट्टराईले फिदिम–२ मा बसपार्क संचालनका लागि वडा न. १ वाधक नरहेको बताउँदै यसका लागि सक्दो सहयोग र समन्वय गर्ने बताउनुभयो ।

ध्यानकर्षण पत्र बुझ्दै फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले चाडो बसपार्क सञ्चालनमा लाग्नुपर्ने बताउनुभयो । त्यसका लागि आफू र नगरपालिका सकरात्मक रहेको भन्दै बसपार्क सञ्चालनका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले स्थानीय तहको निर्वाचनको समयमा समेत आफूहरूले बसपार्क कार्यान्वयन कुनै हालतमा गर्ने प्रतिबद्धता व्यक्त गरेको हुँदा जतिसक्दो चाँडै बसपार्क सञ्चालन हुने वचनबद्धता व्यक्त गर्नुभयो ।

बसपार्कमै गएर सरोकारवालाहरूलाई बोलाएर कार्यक्रम गरौँ भन्ने तयारीमा रहेका थियौँ । तर, तपाईंहरू नगरमै आउनुभयो, उहाँले भन्नुभयो, ‘तपाईंहरू हामीभन्दा छिटो हुनुभयो, सरोकारवालाहरू सम्बद्ध सवै पक्षसित छलफल गरेर जति सक्दो चाँडो बसपार्क सञ्चालन गरिनेछ’ उहाँले भन्नुभयो, ‘फिदिम नगरका अन्य थुप्रै समस्या छन् आज मात्रै हामीले फिदिम बजारको कालोपत्रेको ठेक्का लिने निर्माण ब्यवसायीलाई समेत बोलाएर जति सक्दो चाँडो काम अघि बढाउन निर्देशन दिएका छौँ ।’ यस्तै अहिले फिदिम बजारमा आइरहेको धमिलो पानी शुद्धीकरणका लागि पनि नगरपालिका लागिरहेको उहाँले बताउनुभयो ।

विगत ०७२ सालमा र ०७४ सालमा गरेर दुई पटक बसपार्क उद्घाटन गरिएको भए पनि अहिले बजार क्षेत्रबाट बसपार्कमा सवारी नजाँदा बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?