माल्दिभ्समा कामनाको टोलीको लगातार जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्ट सम्मिलित पुलिस क्लबले माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार जित हात पारेको छ । शनिबार राती भएको खेलमा पुलिसले भलिबल योङ न्यु जेनेरेसन क्लबलाई तीन÷एकको सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो ।

पुलिसले पहिलो खेलमा क्लब इगल्स, दोस्रो खेलमा राष्ट्रिय टोलीका उषा भण्डारी सम्मिलित दिबेही सिफान्जी क्लब र तेस्रो खेलमा क्लब हाल्फलाइन लिंकेजलाई पराजित गरेको थियो ।

माल्दिभ्सको मालेमा शनिबार राती भएको खेलमा पुलिसले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १८-२५ ले गुमाएको पुलिसले त्यसपछि तेस्रो २५-१४ ले तथा चौथो सेट २५-६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

नेपालकी अर्की राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी सम्मिलित दिबेही सिफान्जी क्लबले भने चार खेलमा तेस्रो हार बेहोरेको छ । दिबेही सिफान्जी शनिबार राती क्लब इगलसँग तीन/दुईको सेटमा पराजित हुन पुग्यो । यसअघि दिबेही सिफान्जीले पुलिस क्लब र भलिबल युथ न्यु जेनेरेसनसँग हार बेहोरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?