हिमाली जिल्ला हुम्लामा धान रोपाइँ सुरु : थोरै खेतमा फल्छ, धेरै छ चटारो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हुम्ला नेपालको उच्च हिमाली जिल्लामा पर्दछ । यहाँ वर्षमा एक पटक धान उत्पादन हुन्छ । धान जस्तै उच्च हिमाली क्षेत्रमा अन्य उवा जौ,जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्पादन हुन्छ । अन्य चिसो, कागुनो, कोदो, लगायत जातका बाली वर्षमा दुईपटक उत्पादन हुन्छ । नेपालकै उच्च हिमाली जिल्लामा पर्ने हुम्लामा धान उत्पादन हुँदै आएको छ । जिल्लाको उच्च क्षेत्रमा रहेको सिमकोट गाउँपालिकाको खोल्सी गाउँमा समेत यहाँका स्थानीयले धान उत्पादन गर्दै आएका छन् । यहाँका किसान प्रत्येक वर्षको जेठ महिनाको मध्यदेखि असार पहिलो हप्तासम्म धान रोपाइँको चटारोमा हुन्छन् ।

यहाँ दुई थरी धानको उत्पादन हुने गर्छ । यहाँका किसानले रातो मासी धान र कालो मासी धान उत्पादन गर्दै आएका छन् । यतिबेला खोल्सी, ग्याग्ररु, ताक्ला,बाम्टा, याङ्चु, छिप्रा, रिप, उनापानी, दार्मा लगायतका गाउँमा रहेका जिउल अर्थात खेतमा किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।
साथै किसानलाई कालीमार्सी तथा अन्य जातको धान रोप्न विहानदेखि रातिसम्म खेतमा भ्याइनभ्याइ भएको खार्पुनाथ गाउँपालिका – ५ का स्थानीय दिल्ली बोहराले बताउनुभयो । जेठको मध्यदेखि असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो लाग्ने गरेको उहाँले बताउनुभयो ।

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका बाहेक जिल्लाको ६ वटा गाउँपालिकामा धान उत्पादान हुने गरेको जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । धान उत्पादन सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिका रहेका छन् । जिल्लाका ६ वटा गाउँपालिकाको ५८० हेक्टर धान उत्पादन हुँदै आएको सोही कार्यालयले बताएको छ ।

यहाँका किसानलाई अन्य बालीको खनजोत नहुने भएका कारण धान रोपाइँमा व्यस्त हुने गरेका छन् । विहानैदेखि खेतमा हलीसहित रोपाइँमा व्यस्त हुने गरेको सिमकोट गाउँपालिका–२ का हेमन्त बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्याग्ररु (जिउला) अर्थात खेतमा प्रया जसो अधिकांसका गाउँका स्थानीयको खेत छन्, यस क्षेत्रमा वर्षौदेखि धान उत्पादन हुँदै आएको छ, राम्रो उत्पादन नभएपनि अन्य बाली उत्पादन नहुँने भएकाले धान खेती मात्र गरिदैँ आएको छ ।” यहाँ धान र मकै उत्पादन हुन्छ प्राय जसो किसानले धान मात्रै फलाउने गरेको उहाँको भनाइ छ । हुम्लामा एक केजी धानको रु दुई सय देखि २५० सम्म मूल्य पर्ने गरेको उहाँले बताउनुभयो । हुम्लाको बाह्रैमास सिँचाइ सुविधा पुगेको र खोला आसपासका खेतमा मात्रै धान उत्पादन हुने गर्दछ । नाम्खा बाहेक जिल्लाको ६ वटै स्थानीय तहमा धान खेती हुन्छ ।

यस्तै हुम्ला लगायत कर्णाली प्र्रदेशका जुम्ला, मुगु, कालिकोट, जाजरकोट, रुकुम र दैलेख लगायतका जिल्लामा धान रोपाइँ सुरु भईरहेको छ । उच्च पहाडमा फल्ने धानको भात स्वादिलो, अडिलो र स्वस्थकर हुन्छ ।

यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र अडिलो हुने बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?