-संजीवकुमार मिश्रा
बारा । जिल्ला समन्वय समिति बाराको निर्वाचन सोमबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति बाराको सभापति र उपसभापतिमा नेकपा एमालेका नरेन्द्रकुमार साह र उपप्रमुखमा चण्डीका उप्रेती विजयी भएको बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताउनुभयो ।
जिल्ला समन्वय समिति बाराको प्रमुख, उपप्रमुख तथा सदस्यहरुको लागि सोमबार भएको मतदानमा ३२ मत खसेको उहाँले बताउनुभयो ।
३२ मत मध्ये प्रमुुखमा नेकपा एमालेका नरेन्द्रकुमार साहले २० मत पाउनु भएको थियो भने उहाँलेको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामदयाल महतोले ९ मत पाउनु भएको थियो ।
यसै गरी उपप्रमुखमा नेकपा एमालेका चण्डीका उप्रेतीले १७ मत पाउनु भएको थियो भने उहाँले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका पवन कुमार ब्याहुतले १५ मत पाउनु भएको प्रमुख निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।
यसैगरी सदस्यहरुमा पुरुष तर्फ जसपाका ३ जना, महिला तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका १ जना, नेकपा एमालेका २ जना र दलित तथा अल्पसंख्यकबाट लोसपाका १ जना उम्मेदवार विजयी भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख, उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको उहाँले जानकारी दिनुभयो ।
जिससको निर्वाचनमा ३२ मत खसेकोमा ३ मत भने बदर भएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखसहित नौ पदका लागि भएको निर्वाचनमा १६ पालिकाका ३२ जना प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नु भएको थियो । १६ पालिकाहरु मध्ये काँग्रेसका ८, एमालेका, ११, माओवादी केन्द्रका १,लोसपाका ४, जसपाका ६ र विवेकशिल साझा पार्टीका २ जना गरी कुल ३२ जना प्रमुख तथा उप्रमुखमा पालिकाहरुमा निर्वाचित हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच