नेपाली टोली स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले नेपाली टोलीलाई स्वागत गर्नुभएको थियो । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै रहनुभएको छ । प्रशिक्षक अलमुताइरी एन्फासँग बिदा लिएर आफ्नो देश कुवेतमै रहनुभएको हो ।

कुवेत भ्रमणमा रहेको नेपाली टोली जित र अंकविहीन बन्दै पुछारमा रहृयो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ ले पराजित भएको थियो । उक्त खेलमा दर्शन गुरुङले ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने कीर्तिमान बनाउनुभएको थियो । ४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध पहिलो गोल गर्नुभएको थियो । त्यो नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० को भारी अन्तरले पराजित हुन पुगेको थियो । इन्डोनेसियासँगको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिन पुग्दा फराकिलो हार बेहोर्न पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?