कुन्ती र शिलाबाहादुर मोक्तानलाई इनासको विशेष सम्मान

Read Time = 3 mins

बाल्टिमोर,
असार ८ ।

लोकप्रिय साङ्गीतिक दम्पति कुन्ती मोक्तान तथा शिलाबहादुर मोक्तानलाई इनास अमेरिकाले विशेष सम्मान अर्पण गरेको छ । इनास अमेरिकाले मोक्तान दम्पतिको साङ्गीतिक योगदानको उच्च कदर गर्दै इनास अमेरिकाको मानार्थ सदस्यतासमेत प्रदान गरेको हो ।

इनास अमेरिकाका राष्ट्रिय समितिका अध्यक्ष कन्हैया सिंह परियारले दिनुभएको जानकारी अनुसार उक्त अवसरमा इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा थिङले सङ्गीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ती मोक्तानलाई खादा लगाई सम्मान पत्रमा उल्लेख गरिएका सामग्री वाचन गर्नुभएको थियो ।

समारोहमा इनास जिसिआर कृष्ण श्रेष्ठले साङ्गीतिक दम्पतिलाई पुष्प गुच्छा प्रदान गर्नुभएको थियो भने इनास अमेरिकाका राष्ट्रिय समितिका अध्यक्ष कन्हैया सिंह परियारले कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानलाई विशेष सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नमस्ते इभेन्टको आयोजना सम्पन्न भएको उक्त कार्यक्रमलाई एनआरएनए मेरिलेण्ड च्याप्टर र इनास मेरिलेण्ड च्याप्टरले सहयोगिको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक राहुल केसी, रमेश श्रेष्ठ तथा लक्ष्मण पौडेलको विशेष भूमिका रहेको थियो ।

नेपाली समूदायको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली स्थापित कलाकारहरू रतन सुबेदी, दिनेश कार्की, सन्जिप प्रधान, सरिष्मा आमात्य, अञ्जना गुरुङ, अनुसुया श्रेष्ठ वन्त, आभा मुकारुङ, याम क्षेत्री, श्याम गुरुङ, कल्पना देबकोटा पौडेल, उदय पौडेल, प्रवेश उप्रेती, मनिष शर्मा लगायतका कलाकारको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?