बजेटअघि नै ल्याएको भन्दै एमालेले च्यात्यो रातो किताब, पोखराको नगरसभा बहिष्कार

Read Time = 1 min

पोखरा । पोखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरुले विरोध गरे ।

४ बजे बैठक सुरु भएपछि एमाले उठेर विरोध जनाएको थियो ।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको बिरोध जनाउनु भयो । त्यसपछि नाराबाजी सुरु भयो । बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन,'उहाँले भन्नुभयो, 'रातो किताब कसरी आयो आजै ?'

उहाँले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताउनु भयो । 'यो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ' उहाँले भन्नुभयो ।

शाहीले रातो किताब च्यातिदिनुभएकाे छ । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?