ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Read Time = 2 mins
A A- A+

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्रयाक्टरमा सवार लालीगुराँस-७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ट्रयाक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्रयाक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिनुभयो ।

गम्भीर घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताउनुभयो । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?