१६औं नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड सम्पन्न

Read Time = 9 mins

काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा १६औं नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ सम्पन्न भएको छ । चावहिल स्थिति चलचित्र विकास बोर्डमा शनिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आथित्यतामा अवार्ड समारोह सम्पन्न भयो ।

समारोहमा ‘टाढा भए पनि’ गीतले अवार्ड पाउन सफल भयो । यस गीतबाट संगीतकारमा उर्गेन दोङ, गायिकामा अस्मिता अधिकारी, मोडलमा पल शाह र मल्लिका महतलाई अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी वर्षको उत्कृष्ट गायकमा ‘तिम्रो मन बदलिएछ’ यस कुमारलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै ‘हजुर मुसुकै’ भिडियोबाट उत्कृष्ट सम्पादनमा दीर्घ खड्का, नृत्य निर्देशकमा कविराज गहतराज, कला निर्देशमा राजु पेन्टर, पोडक्सन डिजाइनरमा सुभाष काफ्ले, छायांकारमा सञ्जय लामा, मेकपमा सन्तु तामाङ, नवगायकमा कृष्ण विकले अवार्ड प्राप्त गर्नुभयो । त्यसैगरी आधुनिक सुगम संगीतको गीतकारमा दर्पन राइले ‘तिमीले बाटो फेरेउ अरे’ बाट अवार्ड हात पार्नुभयो भने नृत्य निर्देशनमा ‘शिरफूल’बाट अजय स्याङ्ताङले अवार्ड पाउनुभयो ।

गायिका सत्य कला राई, निर्देशक उदय सुब्बा, गीतकार मीनसागर लामा, निर्माता तथा पोडक्सन डिजाइनर सुरज आचार्य, चलचित्र निर्देशक मधुसूदन भट्टराई, मिलन आले मगर, दिनेश पौडेल, रामभक्त श्रेष्ठ, निर्माता छायांकार प्रधुम्न मिश्र, बरिस्ठ सम्पादक ताराथापा किन्भे, मानबहादुर थापा, कलाकार तुलसीप्रसाद श्रेष्ठ निर्णयक रहनुभएको अवार्ड समारोहमा चलचित्र गीत संगीतबाट ‘म यस्तो गीत गाउछु’बाट संगीतकार अर्जुन पोखरेलले अवार्ड चुम्नुभयो । यस्तै उक्त गीतबाट नायिका पूजा शर्मा, छांयाकारमा सौरभ लामा, नित्य निर्देशमा रामजी लामिछाने, कलरमा रेनिक्स फागुले अवार्ड प्राप्त गर्नुभयो ।

त्यसतै राष्ट्रिय गीततर्फ निर्माता कलाकार रोसनी केसिको निर्माण निर्देशनमा बनेको ‘त्यही सच्चा नेपाली’लाई अवार्ड प्रदान गरियो । उक्त भिडियोले निर्देशनसँगै श्रृंगार, पोडक्सन डिजाइनर, छायांकनमा अवार्ड प्रदान गरिएको थियो । यस्तै नृत्य निर्देशमा राजकुमार दर्जीले ‘मेरो देश’बाट अवार्ड प्राप्त गर्नुभयो भन्ने गीतकार, ड्रेस, सम्पादक बिधामा बेलायतमा बनेको सन्तकुमार राईको ‘हामी गोरखाली’लाई अवार्ड प्रदान गरियो ।

प्रवास म्युजिक भिडियो अवार्डतर्फ केही वर्षदेखि अष्ट्रेलियामा रहनुभएका निर्माता तथा कलाकार भनु प्रतापले बनाएको ‘सुन सानो कथा’बाट निर्देशक जनकदीप पराजुली, पोडक्सन डिजाइनरमा शंकर पाण्डे, मोडलमा रोजी पन्तलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।
तस्तै यो वर्षको धार्मिक म्युजिक भिडियोमा नारायणबाबु कोइरालाको ‘हरहर महदेव’बाट निर्देशक जीवन साहीसहित छायांकन, सम्पादक, कलर, नृत्य निर्देशनलाई अवार्ड प्रदान गरिएको थियो । धार्मिक गायक भन्ने सैलेन्द्र मुरबडीलाई ‘हामी कृष्ण प्रणामी’लाई अवार्ड दिइएको थियो । धार्मिक गीत ‘जयश्री राधे’बाट निर्माता, पोडक्सन डिजाइनर, कलाकार सुमन गिरि (भान्जा)लाई उत्कृष्ट चरित्र अभिनेताको अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा बक्स अफिस रजत जयन्ती संगीत सम्मानमा जनकवि वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ, वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, वरिष्ठ गायिका भारती उपाध्याय, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गितकार निर्माता तथा चलचित्र विकास बोडका निवर्तमान अध्यक्ष दयाराम दाहाललाई प्रमुख आथितिबाट सम्मानित गरिएको थियो । प्रमुख अथितिबाटै ‘अग्रज सुवेदी पत्रकारिता दीर्घ सम्मान’मा हिमालय टाइम्स दैनिक तथा मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, युवा पत्रकार गोपिकृष्ण चापागाईं, फिल्म खबरबाट युवा पत्रकार मनिष दाहाल (अञ्जान)लाई सम्मान गरिएको थियो ।

त्यसैगरी विगत दुई दशकदेखि नेपाली चलचित्र र गीतसंगीतको विकासमा अविछिन्न रूपमा निरन्तर टेवा दिएबापत टेलिभिजन पत्रकार कुमार आचार्यलाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

विविध सांस्कृतिक कार्यक्रमसहित अवार्ड समारोहमा तामाङ सेलो, आधुनिक पप, भजन, आधुनिक सुगम संगीत, मोफसल, प्रवास र चलचित्र गीतसंगीतबाट अन्य थुप्रै स्रष्टा अवार्डबाट सम्मानित हुनुभएको थियो । उहाँहरूलाई आकर्षक टर्फीसँगै भवितव्यमा आइपर्ने आपत्कालीन अवस्थामा तत्कालै एक लाख ११ हजार ११ रुपैयाँ रकम नगद प्राप्त गर्ने चेक हस्तान्तरण गरिएको थियो ।

प्रमिला दाहलले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार सम्भुजीत बाँस्कोटा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, प्रसिद्ध नोट डिजाइनर तथा गीतकार सुन्दर श्रेष्ठ, वरिष्ठ कलाकार जितु नेपाल, वरिष्ठ चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा, वरिष्ठ कलाकार सुवास गजुरेल, निर्माता किसान पोख्रेललगायत विशिष्ट व्यक्तित्वले कार्यक्रममा सहयोगी संस्था ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ) को आजिवन सदस्यता, विभिन्न क्षेत्रमा आफ्नो कर्मठात देखाउँदै आउनुभएको वरिष्ठ व्यक्तित्वलाई विशेष सम्मान तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा लोकदोहोरी गीत संगीत अवार्ड छुट्टै गरिने अवार्ड अध्यक्ष आरके सुवेदीले जानकारी गराउनुभयो ।

सुवेदीले पछिल्लो समय अवार्ड नै धेरै भइरहेकाले आफूलाई पनि लाज लागिरहने बताउनुभयो । ‘पछिल्लो समय हुने अवार्ड समारोह हेर्दा अवार्डहरूकै बलात्कार भएजस्तो लाग्छ’, सुवेदीले भन्नुभयो, ‘किनबेच हुन्छन् भन्ने कुरा मैले पनि धेरै सुन्ने गरेको छु । हामीहरूको अवार्ड कहिल्यै त्यसरी किनबेच पनि हुँदैन । कुनै पनि कलाकर्मीलाई सोध्नसक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?