काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बन्दै गए आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनु भएको छ ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बन्दैगएपछि नयाँ राजनीति दल खोल्नुपरेको बताउनु भयो ।
आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उहाँले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताउनु भयो ।
कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै गौतमले यदी बहुमत ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताउनु भयो ।
यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उहाँले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताउनु भयो ।
यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच