चालु आर्थिक वर्षमा कोहलपुरमा पाँच करोड राजस्व संकलन

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तभित्र पाँच करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तभित्र पाँच करोड १२ लाख १३ हजार ८३५ रुपैयाँ राजस्व संकलन भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो ।

चालु आर्थिक वर्षको जेठ मसान्तभित्र सबैभन्दा बढी नक्सापास करले सहयोग पु¥याएको छ । उक्त शीर्षकमा एक करोड ४१ लाख ८६ हजार ७६२ रुपैयाँ कर संकलन भएको छ । यसैगरी भूमिकर÷मालपोत कर ९३ लाख ७० हजार ७५६ रुपैयाँ, सम्पत्ति कर ७२ लाख दुई हजार ६९७ रुपैयाँ रहेको छ ।

यस्तै, घरवहाल कर ६४ लाख ७४ हजार ४०९, सिफारिस दस्तुर ५७ लाख ४५ हजार ११० रुपैयाँ रहेको उहाँले बताउनुभयो । अन्य दस्तुर २८ लाख २३ हजार १९५ रुपैयाँ, व्यवसाय रजिस्ट्रेसन दस्तुर २५ लाख ४६ हजार ९१२ रुपैयाँ, बहाल बिटौरी कर ११ लाख २९ हजार ६६१ रुपैयाँ रहेको उहाँको भनाइ छ ।

यस्तै, अन्य सेवा शुल्क सात लाख २६ हजार ६६२, व्यक्तिगत घटना दर्ता दस्तुर तीन लाख ९७ हजार ३५७ रुपैयाँ, अन्य बिक्रीबाट प्राप्त रकम तीन लाख २९ हजार ९०१ रुपैयाँ र नाता प्रमाणित दस्तुर एक लाख ७० हजार १० रुपैयाँ राजस्व संकलन भएको ढकालले जानकारी दिनुभयो ।

यस्तै, व्यवसाय रजिस्ट्रेसन दस्तुर ४४ हजार ३६७ रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ३८ हजार रुपैयाँ, अन्य राजस्व दस्तुर २७ हजार ८५ रुपैयाँ, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टी पाँच सय, प्रशासनिक दण्ड र जरिवानाबापत ३६५ रुपैयाँ र व्यक्तिगत सम्पत्तिमा लाग्ने कर १०५ रुपैयाँ राजस्व संकलन भएको कोहलपुर नगरपालिकाका राजस्व संकलन शाखा अधिकृत लक्ष्मी योगीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?