यस्तो थियो सिन्जोको पारिवारिक र राजनीतिक यात्रा, यसकारण भए सफल

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सिन्जो आबेको जन्म सन् १९५४ सेप्टेम्बर २१ मा जापानको राजधानी टोकियोको एक स्थायी राजनीतिक परिवारमा भएको हो। उहाँको परिवार मूलत यामागुची पर्फेक्चरका निवासी हुन् । आबे हजुरबुवाको जन्म भएको स्थान नागाटोका पञ्जीकृतका वासिन्दा हुनुहुन्छ । उहाँको हजुरबुवा कान आबे र बुवा सिनतारो आबे दुवै राजनीतिज्ञ रहनुभएको थियो ।

त्यस्तै उहाँ पनि एक जापानी राजनीतिज्ञ हो जसले सन् २००६ देखि सन् २००७ र सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको रूपमा सेवा दिनुभएको थियो । उहाँले सन् २००५ देखि सन् २००६ सम्म प्रमुख मन्त्रिमण्डल सचिवको रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । आबे जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने नेता हुनुहुन्छ ।

उहाँको ८ जुलाई अर्थात २०२२ मा करिब साढे ११ बजे जापानी समयमा आबेको हत्या भएको हो।आबेलाई नारा सहरमा चुनावी भाषण दिने क्रममा पछाडिबाट गोली हानिएको थियो।

उहाँलाई छातीमा गोली लागेको थियो भने तत्काल एम्बुलेन्समा हालेर लगिएको थियो। नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहनुभएको थियो । गोली प्रहारपछि गम्भीर घाइते आबेको निधन भएको हो।

आबेलाई गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। आबे हत्या गरिएका छैटौ पूर्व प्रधानमन्त्री हुनुहुन्छ ।

आबेले सन् १९७७ मा सेइकेई विश्वविद्यालयबाट राजनीतिक विज्ञान विषयबाट स्नातक तह र जन प्रशासनिक विषयमा अध्ययन गर्नुभएको थियो । उहाँ पछि संयुक्त राज्य अमेरिका गएर दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट जन नीति विषयको अध्ययन गर्नुभएको थियो ।

सन् १९७९ अप्रिलमा आबे कोबी स्टिलमा कार्य गर्न प्रारम्भ गर्नुभयो। सन् १९८२ मा उहाँले सो कम्पनीबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गर्नुभएको थियो । सन् १९९३ को जापानी आम निर्वाचनमा विजयी भएपछि सन् २००५ सेप्टेम्बरमा जुनिचिरो कोइजुमीले उहाँलाई प्रमुख मन्त्रिमण्डल सचिवमा नियुक्त गर्नुभएको थियो ।

आबेले सन् २००६ सेप्टेम्बरमा भएको लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचनमा कोइजुमीलाई प्रतिस्थापन गर्दै पार्टीको सभापति बन्नुभएको थियो । आबे जापानको राष्ट्रिय संसद (डाइट)को विशेष सत्रमा सन् २००६ सेप्टेम्बर २६ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि छानिदा उहाँ द्वितीय विश्व युद्ध पछि जापानको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँ जापानका प्रधानमन्त्री हुँदा ५२ वर्षको हुनुहुुन्थ्यो साथै द्वितीय विश्व युद्ध पछि जन्मिने पहिलो प्रधानमन्त्रीसमेत उहाँ हो । एक वर्षभन्दा पनि कम अवधिसम्म पदमा बहाल रहेपछि उहाँले स्वास्थ्य समस्याका कारण सन् २००७ सेप्टेम्बर १२ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

सन् २०१२ सेप्टेम्बर २६ मा आबेले भूतपूर्व रक्षा मन्त्री सिगेरू इसिबालाई पराजित गर्दै लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको चुनाव जित्न सफल हुनुभयो । लिबरल डेमोक्रेटिक पार्टीको सभापतीय निर्वाचन जितेपछि उहाँ सन् २०१२ को साधारण निर्वाचन जितेर पुनः जापानको प्रधानमन्त्री बन्नुभयो।

सन् १९४८ मा सिगेरू योसिदापछि प्रधानमन्त्री कार्यलय फर्किने उहाँ पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभयो । आबे सन् २०१४ को साधारण निर्वाचनमा आफ्नो साझेदार कोमेइटोसँगको गठबन्धनमा पुनः बहुमतका साथ निर्वाचित हुनुभयो ।

सन् २०२० अगस्ट २८ मा, आबेले अस्वस्थता देखाउँदै प्रधानमन्त्री पदबाट अनिर्णित राजीनामा दिनुभएको थियो । उहाँ लामो समयदेखि अल्सरेटिभ कोलाइटिसबाट पीडित हुनुहुन्थ्यो । उहाँले आफ्नो अस्वस्थताका कारण सरकारको निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना माग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?