वर्षाका कारण दाङमा हुलाकी सडक भासियो

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा-राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।

वर्षाको पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन । सडकमा क्षति हुँदा अवागमन रोकिएको छ ।

हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?