एसबिआई बैंकको २९औँ वार्षिकोत्सव

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले २९औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपककुमार देले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

बैंकका डेपुटी सिइओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिनुभयो ।

बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, नौ शाखारहित बैंकिङ सेवा, एक सय २९ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?