यस्तो छ- आजको विदेशी मुद्राको विनियमदर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.७२ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै, साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८.१७ पैसा विक्रीदर ४३०.१२ पैसामा कारोबार गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?