दीपाश्री निरौला र प्रेमराजा महतको पिपल डाँडे साइँली सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिनुभएको छ ।

गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गर्नुभएको छ । कार्यक्रममा बोल्दै गायक महतले यो गीत ३५ वर्ष अघि रेकर्ड गरेको भएपनि जीवन्त बनाउन अहिले भिडियो बनाएर बजारमा ल्याएको बताउनु भयो । उहाँले यसले ३५ वर्षअघिको कला, संस्कृतिको महत्व दर्शाउने बताउनु भयो । त्यस्तै गायिका परियारले यो गीत लोक गीतको रुपमा आफ्नो पहिलो अनुभव रहेको बताउनु भयो ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?