जङ्गली जनावरले अन्नबाली नोक्सान गरेपछि किसान चिन्तित

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

डोटी । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ ।

जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, कुलाउ, जमलकटिया, काफली, बुहारगाउँ, सलेना, गड्सेरा, कलेना, बाझ, कुडासैन, सायल, पूर्वीचौकी, मन्नाकापडीलगायतका स्थानमा जङ्गली जनावरले मकैबाली, कोदो, धान, भटमास, पिडालु, आलुलगायतका बाली तथा तरकारी नष्ट गरेपछि समस्या भएको मन्नाकापडीका प्रकाशबहादुर मन्नीले बताउनुभयो । उहाँले भन्नुभयो, “राति आएर जङ्गली जनावरले खेती खाएर नष्ट गर्न थालेका छन्, मार्न पाइँदैन, हामीलाई निकै सास्ती भएको छ ।”

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले प्रत्येक वर्ष बालीनाली खाएर नष्ट गर्ने गरेको भए पनि सरकारले क्षतिपूर्ति नदिने गरेको किसानको गुनासो छ ।

यतिमात्र नभई दिउँसोको समयमा बाँदरले मकैका घोगा खाने तथा बोट भाँचिदिने गरेका कारण किसानलाई झनै समस्या भएको केआइसिंह गाउँपालिकाका काफलीका स्थानीयवासी जहरसिंह खवासले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?