कम्युनिष्टहरु एक ठाउँमा उभिएर काँग्रेसलाई एक्लो बनाउने काम भइरहेको छ : वरिष्ठ नेता पौडेल

Read Time = 2 mins

काठमाडौं। सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसलाई फेरि नेपालका कम्युनिष्टहरु एक ठाउँमा उभिएर कांग्रेसलाई पाखा लगाउने हुन् की भन्ने डर पैदा भएको छ ।

चुनावको मुखमा कम्युनिष्टहरु फेरि मिल्न सक्ने भन्दै कांग्रेसका नेताहरुले भय लिएको उनीहरुले नै खुलासा गर्न थालेका छन् ।
शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

उहाँले अन्तर्राष्ट्रिय शक्तिहरु र नेपालका कम्युनिष्टहरु एकतावद्ध भइ नेपाली काँग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताउनु भयो । वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यक्ता भएपनि आगामी चुनावमा कम्युनिष्टहरु एक ठाउँमा उभिएर काँग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गर्नुभयो ।

उहाँले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट दलहरु कम्युनिष्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक एकतालाई विशेष जोड दिएर जान जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?