चेल्सी र एभर्टनको जित

Read Time = 3 mins

लन्डन । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सी र एभर्टनले सहज जित निकालेका छन् । चेल्सीले इटालियन क्लब उडिनेसमाथि तीन-एकको सहज जित निकालेको हो ।

चेल्सीको सहज जितमा एंगोलो कान्टे, रहिम स्टर्लिङ र मासन माउन्टले गोल गर्नुभयो । उडिनेसका जेरार्ड डेउलोफेउले एक गोल फर्काउनुभयो । खेलको २०औँ मिनेटमा कान्टेको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो ।

३७औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । ४२औँ मिनेटमा जेरार्डले गोल गरेपछि पहिलो हाफमा दुई-एकको स्थितिमा पुग्यो । त्यसपछि खेलको अन्तिम समयमा मासन माउन्टले गोल गर्दै चेल्सीको जित पक्का गर्नुभयो ।

प्रि–सिजनमा चेल्सीको यो दोस्रो जित हो । यसअघि चेल्सीले क्लब अमेरिकामाथि जित निकाल्दा आर्सनलसँग चार-शून्यको हार र चार्लाेटसँग टाइब्रेकरमा पराजित भएको थियो ।

अर्काे खेलमा एभर्टनले युक्रेनी क्लब डेनामो किएभलाई तीन-शून्यले पराजित गरेको हो । एभर्टनको सहज जितमा ड्वाइट म्याक्नेलले दुई तथा डोमिनिक काल्भर्ट लेविनले एक गोल गर्नुभयो । यस्तै अर्काे खेलमा न्युक्यासलले एटलान्टालाई एक-शून्यले तथा बर्नलेले हडर्सफिल्डलाई एक–शून्यले पराजित गरेको छ ।

यस्तै, विभिन्न हल्लाका बीच अन्ततः क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्नुहुने भएको छ । उहाँले स्पेनिस क्लब रायो भालेकानोविरुद्ध मैत्रीपूर्ण खेल खेल्नुहुने भएको हो । क्लब छाड्ने चर्चाका बीच रोनाल्डोले सामाजिक सञ्जालबाट भालेकानोविरुद्धको खेलका लागि आफू तयार रहेको बताउनुभएको हो । पछिल्लो समय क्लब छाड्ने योजनामा रहनुभएका रोनाल्डो टोलीको प्रि–सिजन टुरमा समेत जानुभएको थिएन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?