काठमाडौं । नारायण रायमाझि निर्देशित चलचित्र ‘परदेशी २’मा समावेश ‘के वर मागी फक्र्यौं भन’ बोलको गीत सार्वजनिक गरिएको छ । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको उक्त प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको हो ।
गीतमा निशान भट्टराईको स्वर रहेको छ भने रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ । २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर चलचित्रमा राखिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर हुनुहुन्छ ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको चलचित्रमा केकी र प्रकाशका अलावा प्रशान्त तामाङ, नीर शाह, सुशील पोखरेल, सवीन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।
‘परदेशी २’ को कथा रमेश बिजीले लेख्नु भएको हो । बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछानेसँगै गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । चलचित्रको वितरण काठमाडौंका लागि डिसिएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ । यो फिल्मको पहिलो शृंखला बक्सअफिसमा सुपरहिट भएको थियो ।
यसै चलचित्रमा गायक प्रकाश सपुतले चलचित्र क्षेत्रमा डेब्यु गर्दैहुनुहुन्छ । नेपाली लोकगीतको क्षेत्रमा आफ्नो सुपरहिट गीतहरू दिएर सुपरहिट बन्नुभएका प्रकाशको चलचित्रको यात्रा कस्तो हुनेछ यसै चलचित्रको प्रदर्शनले बताउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच