बेनेलीको मोटोब्लगर्स सम्मेलन

Read Time = 1 min

काठमाडौं । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचार जीवन्त बनाउन मन पराउनेका लागि मोटोब्लगर्स सम्मेलन आयोजना गरेको छ ।

शनिबार आयोजित बेनेली मोटोब्लगर्सको सम्मेलनमा ४० भन्दा बढी मोटोब्लगर्स सहभागी भएका छन् । सम्मेलनमा मोटोब्लगर्सलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनबारे जानकारी प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ मा भएको थियो, बेनेली दुईवटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डमध्ये एक हो । बेनेली एउटा ब्रान्ड हो, जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकलमात्र नभई प्रिमियम स्कुटर पनि प्रदान गर्छ । केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिका नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक बिक्रेता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?