-चिसाङ शेर्पा
खोटाङ । खोटाङमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २८ वर्षीय किशन हिङमाङ सुतिरहेको अवस्थामै मृत फेला परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै निज खत्रीकै घरमा बस्दै आएका हिङमाङ बिहीबार विहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिनुभयो ।
सुतिरहेको अवस्थामा मृत भेटिएको भनेर बिहान ७ बजे प्रहरीलाई खबर आएपछि घट्नास्थलमा प्रहरी पुगेको थियो । घट्नाको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक रोमन अर्यालले बताउनुभयो ।
यस्तै, ऐसेलुखर्क गाउँपालिका-५ महेश्वरी वनगाउँका १३ वर्षीया किशोरी सिर्जना वन मृत फेला परेका छन् । वन सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच