काठमाडौं । उमेर समूहको एथलेटिक्स खेलाडीलाई लक्षित गर्दै काठमाडौंमा प्लस टु ५ के रन हुने भएको छ । एथलेटिक्समा उदीयमान खेलाडी उत्पादन गर्ने र स्कुल कलेजमा रहेका प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने रन १८ भदौमा हुनेछ ।
प्रतियोगितामा २० वर्षमुनिका युवा खेलाडीले सहभागिता जनाउन पाउने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो । छात्र र छात्रा दुवै विधामा आयोजना हुने प्लस टु रनको विजेतालाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई १५ हजार र चौथो हुनेलाई १० हजार, पाँचौँ हुनेलाई पाँच हजार र छैटौँदेखि दशौँसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्लस टु रनमा करिब १ हजार विद्यार्थीले सहभागिता जनाउने आयोजकले विश्वास लिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच