सीताको वरीयता सुधार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता राना मगरको आइसिसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सीताको ब्याटिङ वरीयतामा दुई स्थान सुधार भएको हो । ब्याटिङ वरीयतामा सीता ६२औँ स्थानमा उक्लिनुभएको छ ।

ब्याटिङतर्फ नै नेपालकी ज्योति पाण्डेले शीर्ष १०० को स्थान गुमाउनुभएको छ । यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर दुई स्थान तल झर्दै ७८औँ स्थानमा रहनुभएको छ । बलिङमा सीता चार स्थान तल झरेर ८७औँ स्थानमा रहँदा कप्तान रुविना क्षेत्री चार स्थान तल झरेर ८८औँ स्थानमा रहनुभएको छ । आइसिसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?