खेलकुदमन्त्रीद्वारा लमही रंगशालाको निरीक्षण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री गहतराजले निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा मन्त्री गहतराजले रंगशालाको बाँकी काम छिट्टै पूरा गर्न आवश्यक बजेट विनियोजन गरिने बताउनुभयो । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रूपमा विकास गर्न सकिने बताउँँदै मन्त्री गहतराजले पूर्वाधारका बाँकी कामहरूका बारेमा समेत जानकारी लिनुभयो ।

आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरिरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री गहतराजले आश्वासन दिनुभयो ।

आठौँ राष्ट्रिय प्रतियोगिताका बेला उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताका दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिए पनि प्याराफिटलगायतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?