फूलबारी गजल प्रतियोगिता हुने, प्रथमलाई पचास हजार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फूलबारी नेपाल गजल प्रतियोगिता आयोजना हुने भएको छ । गजल लेखनमा नवपुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले फूलबारी नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र पाच जनाले सान्त्वना पुरस्कार दुई हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि आफूले लेखेको गजल वाचन गरेको भिडियो आयोजकलाई पठाउनुपर्नेछ ।

प्रतियोगिताका लागि प्राप्त गजलबाट उत्कृष्ट छनौटलाई आगामी मोतिराम जयन्तीको दिनमा पुरस्कृत गरिने आयोजक फूलबारी नेपालका डा.कृष्णहरि बरालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?