निद्राको चक्र मानव र माकुरामा समान

Read Time = 3 mins

न्युयोर्क । यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिकलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उहाँका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ । भिडियो क्यामेराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उहाँको टोली पुगेको छ । त्यसलाई मानवको निद्राजस्तै भएको उहाँहरूले बताउनुभएको छ । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उहाँहरूको निचोड छ ।

अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेको देखाइएको छ । यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरे, नगरेको यकिनका साथ भन्न नसकिने जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीववैज्ञानिक रोस्लरले बताउनुभएको छ । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।

प्रयोगशालाको कन्टेनरमा राती रेशमको धागोमा माकुरा झुण्डिएको फेला परेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउनुहुन्छ । कुकुर वा बिरालाले झैँ घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उहाँको ठहर छ । माकुराको निद्राको चक्र अन्य जीवसँग तुलना गर्न कठिन हुने उहाँको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीववैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?