नेपालस्थित भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । नेपालस्थित भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ ।

काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दुतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?