काठमाडौं । उदयपुरको कटारी नगरपालिका-८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।
चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच