अफगानिस्तानमा डढेलोका कारण आठ सयभन्दा धेरै परिवार विस्थापित

हिमालय टाइम्स
Read Time = 2 mins

काबुल । अफगानिस्तानमा लागेको डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । अफगानिस्तानको उत्तरमा रहेको जावजवान प्रान्तको फैजावाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट सुरु भएको डढेलोबाट आठ सयभन्दा बढी परिवार विस्थापित भएका हुन ।

विस्थापित परिवारहरू जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन् ।

‘अगस्ट ८ मा सुरु भएको आगलागीले फैजावाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि छ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ, र एक सय २० आवासीय घरहरू खरानी भएका छन्,’ एक अधिकारीले जानकारी दिएका छन् । प्रान्तको फैजावाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?