नेपाल इको प्यानलमा ७० वर्षको वारेन्टी

Read Time = 2 mins

काठमाडौं । नेपाल इको प्यानलले ७० वर्षको वारेन्टी घोषणा गरेको छ । स्थायी तथा अस्थायी संरचनामा पार्टेसन वालका रूपमा नेपाल इको प्यानल लगाइसकेपछि ७० वर्षभित्र नेपाल इको प्यानलमा केही म्यानुफ्याक्चरिङ डिफेक्टलगायत अन्य समस्या आएमा रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा गरेको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले विभिन्न अनुसन्धान पत्रका आधारमा नेपाल इको प्यानल ७० वर्षसम्म केही नहुने निश्चित भएकाले यस्तो घोषणा गरिएको बताउनुभएको छ ।

कम्पनीका अनुसार नेपाल इको प्यानल इपिएस, सिमेन्ट, बालुवाको मिश्रण र दुईतिर ४.५ मिलिमिटर मोटाइको सिमेन्ट बोर्ड/क्लासियम सिल्केट बोर्डबाट बनेको हुन्छ । इपिएस भनेको हलुका तथा दिगो निर्माण सामग्री उत्पादन गर्न कङ्क्रिटमा मिसाउने एकखालको पोलिस्टायरिन हो ।

जसको घनत्व १० देखि १२ किलो प्रतिघनमिटरमात्र हुन्छ । इपिएस बालुवा, सिमेन्टमा मिसाउँंदा कङ्क्रिटको घनत्व छ सय ५० किलो प्रतिघनमिटरमात्र हुन्छ, जबकि साधारण कङ्क्रिटको घनत्व दुई हजार चार सय किलो प्रतिघनमिटर हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?