कांग्रेसले खटायो ७५ जिल्लामा प्रतिनिधि, डोल्पा र मुगुमा टुंगिएन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदै छ ।

अभियानमा कांग्रेसले ७५ जिल्लामा पठाउने प्रतिनिधि खटाएको हो । डोल्पा र मुगुमा खटाउने केन्द्रीय प्रतिनिधिको नाम तय भइसकेको छैन । कांग्रेसले वर्तमान र पूर्वपदाधिकारी बाहेकलाई मात्र प्रतिनिधिका रूपमा खटाएको छ ।

कांग्रेसले यसपटक र मुख्यमन्त्रीलाई पनि केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला/जिल्ला खटाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलाई मोरङ खटाइएको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुस्ताङ पठाएको छ ।

कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई मकवानपुर खटाएको छ । कांग्रेसले भदौ १० देखि बिपी जयन्तीसम्म पहिलो चरणको अभियान गर्नेछ भने समानुपातिक उम्मेदवारी दर्ता भएपछि दोस्रो चरणमा थाल्नेछ ।

अभियानका क्रममा राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेण्डाबारे प्रचारप्रसार तथा संगठन सुदृढीकरणको काम हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले अभियानका क्रममा गठबन्धन दलहरूबीच समन्वय बढाउन पनि केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिएको छ । केन्द्रीय प्रतिनिधिलाई एक हप्तासम्म जिल्लाका कार्यक्रममा सहभागी हुन कांग्रेसको निर्देशन छ ।

कुन जिल्लामा कुन प्रतिनिधि ? (सूचीसहित)

ताप्लेजुङमा – आङ्गेलु शेर्पा
पाँचथर – प्रदीप कुमार सुनुवार
इलाम – महेन्द्र कुमारी लिम्बु
झापा– डिला संग्रौला
संखुवासभा – उमेशजंग रायमाझी
तेह्रथुम– लक्ष्मी परियार
भोजपुर – भीम पराजुली
धनकुटा – राजीव ढुंगाना
मोरङ– ज्ञानेन्द्र कार्की
सुनसरी – अमृत अर्याल
सोलुखुम्बु – कल्पना चौधरी
खोटाङ – तारामान गुरुङ
ओखलढुंगा – लक्ष्मी खतिवडा
उदयपुर – बलबहादुर केसी
सप्तरी – आनन्दप्रसाद ढुंगाना
सिरहा – महेन्द्रकुमार राय
धनुषा – नागिना यादव
महोत्तरी – मञ्जु खाण
सर्लाही – दिनेश कुमार यादव
रौतहट – अजयकुमार चौरसिया
बारा – रमेश रिजाल
पर्सा – पद्मनारायण चौधरी
दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्रकुमार केसी
धादिङ – मदनकुमार श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभ्रे – रमा कोइराला ९पौडेल०
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर – उमेश श्रेष्ठ
भक्तपुर – अम्बिका बस्नेत
ललितपुर – नानु बाँस्तोला
काठमाडौं –जीतजंग बस्नेत
गोरखा – ध्रुव वाग्ले
लम्जुङ – शंकर भण्डारी
तनहुँ – सुरेन्द्रराज पाण्डे
कास्की – प्रदीप पौडेल
मनाङ – गुरु बराल
मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत – चप्पादेवी खड्का
स्याङ्जा –चिनकाजी श्रेष्ठ
म्याग्दी – दिनेश कोइराला
बाग्लुङ –अब्दुल सतार
नवलपुर – सरस्वती आर्चल (पोखरेल)
नवलपरासी – मानबहादुर नेपाली
रुपन्देही – योगेन्द्र चौधरी
कपिलवस्तु – चन्द्रबहादुर केसी
पाल्पा – अब्दल रज्जाक
अर्घाखाची – डा.गोविन्द पोखरेल
गुल्मी – देवेन्द्र कँडेल
रुकुम (पूर्व) – धना खतिवडा
रोल्पा – मैकुलाल वाल्मीकी
प्युठान – जावेदा खातुन जागा
दाङ – गोपाल दहित
बाँके – दिपक गिरी
बर्दिया – गेहेन्द्र गिरी
रुकुम (पश्चिम)– कृष्णकिशोर घिमिरे
सल्यान –सीता देवकोटा
डोल्पा – खाली
जुम्ला – रंगमती शाही
मुगु – कान्तिका सेजुवाल
हुम्ला – खाली
कालिकोट – जानकी सिंह
जाजरकोट –सिताकुमारी राना
दैलेख – राजीवविक्रम शाह
सुर्खेत –संजयकुमार गौतम
बाजुरा – अर्जनजंग बहादुर सिंह
बझाङ – गोविन्दबहादुर शाह
डोटी – नृपबहादुर वड
अछाम – रणबहादुर रावल
दार्चुला – यज्ञराज जोशी
बैतडी – रमेश लेखक
डडेल्धुरा – ईश्वरी न्यौपाने
कञ्चनपुर – रामजनम चौधरी
कैलाली – एनपी साउद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?