ग्रिनल्यान्ड र सत्यसाइको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्रिनल्यान्ड ‘ए’ र सत्यसाइले १५ औँ क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा जित हात पारेका छन् । ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई २२-१९ ले पराजित गर्‍यो । जितमा प्रियङ्का थापा मगरले १७ अङ्कको योगदान गर्नुभयो । मनीषा केसीको आठ अङ्कको सहयोगमा सत्यसाइले ग्रिनल्यान्ड ‘बी’ लाई २२-११ ले हरायो ।

सिनियर ब्वाइजमा एचएचसिएले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ४०-२८, वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले ग्रिनल्यान्ड ‘बी’ लाई ३८-२४ र गोल्डेनपिकले एन्जल्स हार्टलाई ३३-२३ ले पाखा लगाए । एचएचसिएका विनोद शाहीले १५, बिएनएका सुदिल रसाइलीले १२ र गोल्डेनपिकका दिनेश रपालले १४ स्कोर गर्नुभयो । जुनियर ब्वाइजमा स्किब्सले फ्लोरोसेन्टलाई १९-११ ले पन्छायो । स्किब्सका अनुज लिम्बूले १५ अङ्क जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?