ग्रिनल्यान्ड र बिएनए क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र बिएनए १५औँ क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४-३४ तथा बिएनएले टिआइएलाई ३४-२२ ले पराजित गरे ।

ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२-२२ तथा बिएनएका सन्देश खड्काले १६ अङ्क जोड्नुभयो । सिनियर ब्वाइजमै इबिएले हिमरश्मीलाई ५२-३२ तथा सेन्ट जोसेफले ग्रिनफिल्डलाई ६०-४० ले हराए । इबिएका सौगात कार्कीले ३२ तथा सेन्ट जोसेफका निकेश तामाङले १९ स्कोर गर्नुभयो । जुनियर ब्वाइजमा ग्रिनफिल्डले फ्लोरोसेन्टलाई १८-११ तथा इबिएले हिमरश्मीलाई २३-७ ले पाखा लगाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?