कोका-कोला जेरो सुगर ग्लास बोतलमा

Read Time = 2 mins

काठमाडौं । कोका-कोला नेपालले कोका-कोला जेरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरीबिना ओरिजिनल कोका-कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पुनः प्रयोग गर्न मिल्ने भएकाले आरजिबी बोतल वातावरणमैत्रीसमेत रहेका छन् । कोका-कोला जेरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरमा ४० रुपैयाँमा दुई सय ५० मिलिलिटर ग्लास बोतलमा उपलब्ध रहेको छ ।

कम्पनीका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘हामी हाम्रा उपभोक्ताका लागि हरेक परिस्थितिमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौं, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका-कोला जेरो सुगर आरजिबी प्याकमा पनि यहाँँहरूमाझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौं ।’ कम्पनीका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो, ‘कोका-कोला जेरो सुगरको आरजिबी प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेसमेन्टको किफायती विकल्प हो । क्यालोरीबिना रिफ्रेसमेन्ट लिन चाहने उपभोक्ताका लागि अत्यन्तै उपयुक्त यो प्याक पुनः प्रयोग गर्न मिल्ने भएकाले वातावरणमैत्री र सुरक्षित रहेको छ ।’ कोका-कोला जेरो सुगरको नयाँँ आरजिबी प्याक दुई सय ५० मिलिलिटरका साथै पेट प्याक दुई सय ५० र पाँच सय मिलिलिटर प्याक उपलब्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?