तिलकप्रसाद लुइँटेल
मेरो पत्रकारिता (चार दशकको राजनीति उतारचढावको जानकारी र सूक्ष्म विश्लेषणसहित) पुस्तकको नाम हो र यसका लेखक पुरुषोत्तम दाहाल हुन् । हल्का नीलो र सेतो बाहिरी आकर्षक आवरणमा नै लेखकको तस्वीर प्रष्ट छ भने नामबाट नै पुस्तकको विषयवस्तु स्पष्ट छ । हलुका कागजको यो पुस्तक सूचना चौतारी सञ्चार सहकारी संस्था लि.ले प्रथम संस्करण २०७३ मा र द्वितीय संस्करण २०७५ मा प्रकाशन गरेको देखिन्छ र पत्रकारिताको बाटामा व्यावसायिक मार्गदर्शन गर्नु हुने तीन आदरणीय व्यक्तित्वहरूमा समर्पित छ ।
निकै दिनअघि प्रसंगवश लेखकका घरमा पुग्दा तपाईंले नै अनुवाद गरेका ऋग्वेदको अनुवादबाट लेखन सुरु गरेको यो किताब आज तपाईंलाई दिँदै छु भन्दै उहाँले दिनुभयो । वास्तवमा प्रत्यक्ष दोहोरा भेटघाट र परिचय भएको दिन त्यही थियो । पुस्तक पाएको निकै दिनपछि पुस्तक पढ्ने अवसर निकालेँ । यति ठूलो पुस्तक पढेर कहिले सक्नु भन्ने अत्यास पनि छ, विश्लेषण गर्नका लागि त ढङ्ग पनि चाहियो सामथ्र्य पनि हुनुप¥यो । अरू सबैलाई त्यस्तै हुन्छ वा मलाई मात्रै लागेको हो, सुन्नु र बुझ्नु फरक कुरा हुन् त्यस्तै सुनेर वा पढेर जति बुझिन्छ त्यति बताउन वा लेख्न सकिँदैन ।
उच्च कोटिका प्राज्ञिक व्यक्तित्वको लेखन, त्यसमा पनि राजनीति र पत्रकारिता नजानेको विषय हुनाले पुस्तकभित्र लिखित कुराहरू त पढियो तर कति बुझ्न सकियो त्यो भिन्नै कुरो हो । देशभित्र घटित कैयौं थाहा पाएका र धेरैजसो आफूलाई थाहा नभएका कुराहरू पुस्तकमा भेटिए । पुस्तकका विषयमा अन्य लेखक महानुभावले लेखिदिएका प्रकाशकीय लेख, मन्तव्य, शुभकामना, भूमिका जुनसुकै लेखकका र पुस्तकका विषयमा विशेष सूचना दिने छन् भने स्वयं लेखकले लेखेका कुराहरू सबै रोचक, अद्भूत र तिनले कैयौँ रहस्य अनावृत्त गरेका छन् ।
सबै शीर्षक उपशीर्षकमा लेख होइन, अनुच्छेद होइन, वाक्य होइन, सबै अक्षर नै सन्दर्भ र सार्थकताको लिकमा अघि बढेका छन् । त्यसैले पढ्न थाल्दा छोड्न सकिने अवस्था देखिएन । राम्रो लागेको ठाउँ जति सबै टिपोट गरौँ भने पुस्तक नै सार्नुपर्ने हुन्छ, व्याख्या गरौँ भने धेरै वर्ष लाग्ला ।
उच्च कोटिका प्राज्ञिक व्यक्तित्वको लेखन, त्यसमा पनि राजनीति र पत्रकारिता नजानेको विषय हुनाले पुस्तकभित्र लिखित कुराहरू त पढियो तर कति बुझ्न सकियो त्यो भिन्नै कुरो हो । देशभित्र घटित कैयौं थाहा पाएका र धेरैजसो आफूलाई थाहा नभएका कुराहरू पुस्तकमा भेटिए ।
पत्रकारिता र राजनीति गर्ने व्यक्तिले यो पुस्तक पढ्नै पर्ने जस्तो लाग्यो । आफूलाई देशको नागरिक हुँ भनेर गौरव गर्नेले यो पुस्तक पढिदिए हुन्थ्यो भन्ने लाग्यो । धेरै पाठकहरूले यसलाई पढ्नुपर्छ भन्नका लागि जिज्ञासा होस् भन्ने उद्देश्यले हरेक शीर्षक र उपशीर्षकबाट सानो र रोचक अंश टिपोट गरियो । यद्यपि यहाँ टिपोट गरिएका अंशहरू अक्षरशः जस्ताको तस्तै सारिएका हुन् तापनि त्यसैलाई पूरा विचार मान्न मिल्दैन, किनभने यी अंशहरू पाठकलाई कौतूहल दिनका लागि मात्रै उतारिएको हो । यी उद्धरणका अघि र पछि भएका कुरा अनुमान गर्न सजिलो छैन ।
यति अंशमात्रै हेरेका भरमा मनले जे अनुमान गरिन्छ, टिपोटका अघि र पछि त्यो अनुमानभन्दा भिन्नै कुरो पनि पाइन सक्छ । त्यसैले सके पुस्तकलाई मेलैसँग नभए पनि यी उद्धरण कस्ता प्रसङ्गमा आएका रहेछन्, त्यसलाई पत्र पल्टाएरै पढ्न अनुरोध गरिन्छ । पाठकलाई सजिलोका लागि उद्धरण, शीर्षक र उद्धृत पृष्ठको समेत उल्लेख गरेर यहाँ राखिएको छ ।
प्रारम्भिक खण्ड नाम दिएर राखिएको यस खण्डमा यसरी कदेखि शसम्मका पृष्ठहरू छन् । यस खण्डमा पहिले उद्धरण, त्यसपछि लेखक, त्यसपछि पृष्ठ दिइएको छ । सुरुमा कालो अक्षरमा लेखको शीर्षक राखिएको छ, सँगै कोष्ठकभित्र लेखकको नाम छ । त्यसपछि लामो धर्को दिएर लेखेको शीर्षकभित्र रहेको उद्धरण हो र उद्धरण सकेपछि पृष्ठको संकेत गरिएको छ-
दोस्रो संस्करणको प्रकाशकीय (विपिन शर्मा) यस कृति आत्मकथाका रूपमा मात्र सीमित नरही नेपालको राजनीति र पत्रकारिताको इतिहासको रूपमा संग्रहणीय रहेको प्रतिक्रिया हामीले पाठकहरूबाट पायौँ । पृ.क ।
पहिलो संस्करणको प्रकाशकीय (विपिन शर्मा)-...सत्य कुरा लेखिएको छ भने आत्मकथाले समयको एउटा कालखण्डलाई लिपिबद्ध गरेको हुन्छ जुन कालान्तरमा ऐतिहासिक दस्तावेद बन्न सक्छ । पृ.क,ख ।
आफ्नो समय चिनाउने प्रयास (होमनाथ दाहाल)-जनमत संग्रहमा कांग्रेस खास गरेर बीपी (जननायक बीपी कोइराला)को जहाँ जहाँ आमसभा भयो त्यसको रिपोर्टिङका लागि म आफैँ र अन्य कतिपय ठाउँमा पुरु सहभागी भए । त्यसैको सेरोफेरोमा ‘मेरो पत्रकारिता’ मा आफ्ना अनुभव समेटेका छन् । पृ.ङ ।
नयाँ पुस्ताका लागि प्रेरक (किशोर नेपाल)-देशमा प्रजातन्त्र पुनःस्थापित हुनुभन्दा धेरै अघिदेखि पत्रकारितामा सक्रिय रहेका पुरुषोत्तमका यी सम्झनाहरू उनको व्यक्तिगत दुःख–सुखका रेखाहरू मात्र होइनन्, एउटा कालखण्डको बकपत्र हो । पृ.ठ ।
उन्मुक्त विचारको विशिष्ट दस्तावेज (नारायण भट्टराई)-...लामो संघर्ष, सोधखोज र निष्कर्षले भरिपूर्ण ‘मेरो पत्रकारिता’ पत्रकारिता क्षेत्रमा मात्र होइन, राजनीतिक, सामाजिक, फाँटमा आबद्ध रहने र इतिहासमा रुचि राख्नेहरूका लागिसमेत मननीय पुस्तक हुनेछ । पृ. द ।
अन्धकारबाट उज्यालातर्फको पत्रकारिता (कलानिधि दाहाल)- रेडियो नेपालको घटना र विचारका मानस पिता पुरुषोत्तम दाहालले यसलाई छोटो समयमै विकसित गराउँदै उत्कर्ष बिन्दुमा पनि पुर्याए । विश्लेषित घटनावस्तुलाई निष्पक्ष मूल्यांकनको कसीमा घोलेर तीक्ष्ण र तेजिलो स्वरसँग प्रवाहित गर्दा ‘ग्रासरु’ सम्मका जनमानसमा उनी चुम्बकजस्तै आकर्षक भएर जम्न पुगे । पृ.प ।
पुरुषोत्तमको भुक्त समयको चित्र (तीर्थराज अधिकारी)-किशोर वयमै ओखलढुंगा बिगुटार विकट गाउँबाट बिदा नभएका भए यो शहर, यो राजधानी उनलाई सधैँ नौलो हुन्थ्यो । भोकले भोजन खोज्यो, भेटेका काम गरे, कामले काम सिकायो, बाँच्ने बाटो देखायो । पसिना बगाउन छोडेनन्, अक्षर मोहलाई त्यागेनन् । पृ.फ ।
हामीसँग सृष्टिपश्चात् सृष्टिभित्र सृष्टिले नै निर्धारण गरेका विषयहरूलाई आफ्नै रूपमा अनुभव गर्नेभन्दा पृथक् कुनै पनि विशिष्ट ज्ञान हुँदैन । ऋग्वेद यही भन्छ । मेरो पत्रकारिताको अनुभव पनि यसैकारण भोगाइ र अनुभव गराइभन्दा कुनै पनि अर्थमा भिन्न हुनसक्दैन ।
आभार (पुरुषोत्तम दाहाल)-मैले पत्रकारिताका विषयमा कुनै औपचारिक उपाधि लिएको छैन र त्यो अवसर पनि मिलेन । मेरो शुद्ध अनुभव हो पत्रकारिता । समयले कस्तो नियति निर्धारण गर्ने हो थाहा छैन । आफ्नो स्मृति कहिलेसम्म रहने हो त्यो पनि भन्न सकिँदैन । पुराना पत्रहरूलाई पल्टाउने र तिनमा अमिट रहेका विषय र सन्दर्भलाई लिपिबद्ध नगर्ने हो भने त्यसै शरीरसँगै कि जलेर जान्छन्, कि माटोमा विलीन हुनेछन् । पृ.य ।
यसपछि विषयसूची आउँछ । विषयसूची पूरा हुँदा पृष्ठ ज्ञसम्म पुग्छ । प्रारम्भिक खण्डपछि जम्मा सोह्रवटा खण्डहरू आउँछन् । ती सबै खण्डलाई पहिलो खण्ड, दोस्रो खण्ड नामको क्रममा राखिएको छ र तिनमा शीर्षक तथा उपशीर्षक छन् । तिनै शीर्षक र उपशीर्षकहरू सबैबाट उद्धरण निकालिएको छ । एक खण्डमा एउटै मूल शीर्षक हुनाले सुरुमा खण्डको नाम छ र शीर्षक एक ठाउँमात्रै लेखिएको छ । उपशीर्षकको संकेत मात्रै कोष्ठकमा छ । उपशीर्षकपछि लामो धर्को दिएर उद्धरण लेखिएको छ र उद्धरणका अन्तमा पृष्ठ सङ्ख्या राखिएको छ-
पहिलो खण्डमा शीर्षक- पत्रकारितामा पहिलो पाइलो भन्ने छ । यसको थालनी पृष्ठ एकबाट भएर अन्त पृष्ठ ३७ मा भएको छ । यसमा जम्मा १५ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-
पत्रकारितामा पहिलो पाइलो-...अर्थात् हामीसँग सृष्टिपश्चात् सृष्टिभित्र सृष्टिले नै निर्धारण गरेका विषयलाई आफ्नै रूपमा अनुभव गर्नेभन्दा पृथक् कुनै पनि विशिष्ट ज्ञान हुँदैन । ऋग्वेद यही भन्छ । मेरो पत्रकारिताको अनुभव पनि यसैकारण भोगाइ र अनुभव गराइभन्दा कुनै पनि अर्थमा भिन्न हुनसक्दैन । पृ.१
(क) आरम्भ र नेपाल टाइम्स-...म वाल्मीकि क्याम्पसमा प्रवीणता प्रमाणपत्र पढ्न सुरु गर्नासाथ अनौपचारिक कामको खोजीमा लागेँ । छात्रावासमा बसेर सरकारी संगठित क्षेत्रमा जागिर खान पाइँदैन । पृष्ठ ३
(ख) पत्रकार कस्तो हुनुपर्छ- आमालाई चाहिँ आमा नै भन्थे क्यारे । त्यसघरमा म बिस्तारै परिचित भइसकेको थिएँ । तर मेरो अत्यन्त लज्जालु र संकोच मान्ने स्वभावका कारण म खुलेर कसैसँग पनि कुरा गर्दिनथेँ । पृष्ठ ९
(ग) केही रोचक स्मृतिहरू-...नक्कली क्रान्तिकारी आवरणमा भरमार प्रयोग गरिरहेको थियो । प्रजातन्त्रका पक्षमा लाग्ने सबैलाई सदा अराष्ट्रिय तत्त्व भनी ती नक्कली क्रान्तिकारीहरू हल्ला चलाउने गर्थे । पृष्ठ १४
(१) उर्मिलाको ‘मेडो केडा’ को मार-...उनी बेस्सरी रिसाइन् र भनिन्- ‘तिमीजस्ता पत्रकारलाई म मेरो सारीमुनि छोप्न सक्छु दिउँसै सडकमा । के सोचेका छौ मलाई ?’ उनको रिसाइ र उत्तेजनाबाट पहिले त म हतप्रभ भएँ । पृष्ठ १५
(२) मानवअधिकारको मौन जुलुस-...पत्रकारितामा त्यसो गर्नुहुन्न भन्ने पाठ उहाँले मलाई सिकाउनुभयो । आज पनि मलाई भीडबारे झाजीको त्यस पाठको स्मरण भइरहन्छ । पृष्ठ १७
(३) बन्दी कोठाको चिसो-... दिसा आए त्यही एक कुनामा गर्ने र बिहान फाल्ने पिसाब आए भ¥याङमा उभिएर बाहिर बाथरुममा पुग्ने गरी तुक्र्याउनुपर्ने । पृष्ठ १९
(४) आन्दोलनको आगो-...पहिले बाइसपछि चौबीस सूत्रीय मागमा आन्दोलन गर्ने विषयमा विवाद केन्द्रित भयो । भविष्यमा ठूलो सत्याग्रह गर्ने भएका कारण अहिले । पृष्ठ २२
(५) पहिलो अनुसन्धानमूलक समाचार-... घटनामा एक जना तर्बुजा व्यापारी मेरेको भन्ने प्रशासनको दाबी थियो भने अरू सबैको आधा दर्जन मरेका र लास राति नारायणीमा बगाइएको दाबी थियो । पृष्ठ २८
(६) जनमत-संग्रहको घोषणा-कांग्रेसी छात्रहरूले राजनीतीकरण गरेको भनी उफ्रने वाम नामधारी तर सरकारबाट अप्रत्यक्ष प्रोत्साहन पाएको समूह पनि क्रुद्ध भयो । पृष्ठ ३०
(७) नेपाल टाइम्सलाई नमस्कार-..पछाडि फर्केर हेर्दा म कति कृतघ्न र कायर देखिएछु, मैले कति असभ्य चरित्र देखाएछु, आफ्नो त्यस व्यवहारप्रति अहिले पनि म लज्जाबोध गर्छु । पृष्ठ ३३
(८) झाजी र मित्रताको गुन-...पद्मकन्या क्याम्पसमा पढाउँदा पढाउँदै छाडेर व्यापार व्यवसायमा सक्रिय छन् । उनले खुब कमाइ गरेका छन् भन्ने सुनेको छु । दुई श्रीमतीका धनी । पृष्ठ ३४
(९) तन्दुरीमा तलब-... बिल तिर्दा त एक सय पञ्चानब्बे पुगेछ । दुई सय तलब बुझेर एकैछिनमा जम्मा पाँच रुपैयाँमात्र बाँकी रहँदा म छाँगाबाट खसेजस्तो भएँ । पृष्ठ ३४-३५
(१०) डा.रामप्रसाद राजवाहकको करनी-...उनले खुब हाँसेर भने- ‘त्यसो भए कुलबहादुरको लेखमा सरकारको कथनी र करणी ठीक नभएको भन्ने पनि ठीकै होला होइन ?’ म झसंग भएँ । पृष्ठ ३५
(११) खुस्केको ‘म’-...वाक्यको ‘गुलाफ’ शब्दबाट ‘फ’ चाहिँ भागेछ । अनर्थका कारण केहीलाई ग्रेड रोक्का र केहीको जागिर गएको सुनेको थिएँ । यहाँ पनि यस्तै भएछ । पृष्ठ ३६
(१२) भीमबहादुरको विचार र मण्डलेको गोदाइ-..‘पञ्चायतविरुद्ध वक्तव्य अथवा अन्तर्वार्ता दिनुपर्छ । उहाँले विश्वास र भद्रतापूर्वक भन्नुभयो, ‘जे बनाउनुपर्ने हो आफैँ मिलाएर छाप्नुहोस् जे हुन्छ म सामना गर्नेछु ।’ पृष्ठ ३६ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच