सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

Read Time = 1 min

सल्यान । विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो ।

बन्गाड कुपिण्डे नगरपालिका(३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो ।

घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?