गाईको बाच्छी काटेको आरोपमा सप्तरी बाट एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

-अनिल पाेखरेल

राजविराज । गाईको बाच्छी काटेको अभियोगमा सप्तरीमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका-४ बलिया बस्ने ६५ वर्षका सकुर मियाँ रहेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी डिमन बाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मियाँको घरबाट अन्दाजी ६ किलो मासु र चार वटा खुट्टा समेत फेला परेको छ ।

घटनाकाे सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?