काठमाडौं । नबिल बैंकले आइतबार एकै दिन आठवटा शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुंगा, भगवान् पाउ, साँखु, काँकडभित्ता र भण्डारामा एकैसाथ शाखा कार्यालय उद्घाटन गरेको होे ।
बैंकको उपत्यकाभित्रका शाखामा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्तरूपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्तरूपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा ६ का वडाध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा मूलपानी शाखा तथा काठमाडौं महानगरपालिका–१५ डल्लुका वडाध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दीक्षितले संयुक्तरूपमा भगवान् पाउ शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
उपत्यकाबाहिर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा तीन शाखा मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभित्ता शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेलले सुरुंगा शाखा र इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गर्नुभएको थियो भने राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्णदत्त भट्टराईले संयुक्तरूपमा भण्डारा शाखा उद्घाटन गर्नुभएको थियो । पछिल्ला शाखासँगै नबिलका शाखा कार्यालय दुई सय ३३ पुगेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच