प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी खुमलटार पुग्नुभएकाे छ ।

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे ।

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएकाे थियाे ।

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भन्नुभयाे, ‘अध्यक्ष प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?